४ असार,वीरगञ्ज । सशस्त्र प्रहरी सुरक्षा गुल्म वीरगञ्जले भंसार छली नेपाल भित्र्याइएको कपडा नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपािलका वडा नं १६ इनर्वा भंसार स्थित जाँच बिन्दुबाट २ लाख ५९ हजार बराबरको कपडा लगायतका सामानहरु बराबरमद गरेको छ हो ।
सशस्त्र प्रहरी बल नेपालको प्रस्तावीत सुरक्षा गुल्म बीरगंजले चेकजाँचको क्रममा भारतबाट भंसार छली नेपाल भित्र्याइएको कपडा लगायतका सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक रामजंग पाण्डेले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरीले बरामद गरेको कपडा सहितको सामान आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरिक्षक पाण्डेले बताउनु भयो ।
पछिल्लो समयमा भंसार छली भारतबाट विभिन्न सामानहरु नेपाल भित्र्याउने गरेको सूचनाहरु आएपछि सशस्त्र प्रहरीले सीमावाट हुने भंसार छली हुने राजस्व चुहावटलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालेको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।
सीमा क्षेत्रबाट हुने अवैध कारोवार र व्यापारलाई निरुत्साहित पार्न सुरक्षा निकायलाई स्थानीयवासी लगायत सवै क्षेत्रको सहयोगको आवश्यकता पर्ने भएकोले चोरी तश्करी नियन्त्रणमा सहयोग गर्न सशस्त्र प्रहरी बलले सवै पक्षसँग अपिल गरेको छ ।