५ असार,वीरगञ्ज । आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
यस्तै अर्काे खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचको खेल पनि दिउँसो पौने १ बजे हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।