Logo

फाइल तस्बिर

५ असार,पोखरिया । पर्साको धोबिनी गाउँपालिका वडा न.३ हरिहरपुरमा पशुजन्य रोग देखा परेको छ । गोठमा रहेका गाई, गोरु लगायतका पशुहरुमा लाग्ने लम्की स्किन रोग देखिएको हो ।

यस रोगले ग्रसित पशुहरुको जीउभरि फोका जस्ता घाउ देखापरेको छ । धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरका गाई पालक उपेन्द्र पटेलले पालेको गाईमा यो रोग फेला परेको हो । गाउँघरमा यसरी एकाएक रोग देखापरे पछि स्थानीय पशुपालक चिन्तित बनेका छन् । गोठमा भएका पशुहरुमा लाग्ने यो रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेका छन् ।

यो रोग पशुबाट सम्पर्कमा आएपछी अर्को पशुमा सर्ने गर्छ । यो गाई भैंसीमा लाग्ने रोग भएपनि यसको प्रकोप भैंसी भन्दा गाईमा बढि देखिएको छ । जिउमा फोका फोका घाउ जस्तो हुने, उच्च ज्वरो, खाना नखाने, दुधमा ह्रास आउने जस्ता लक्षणहरु देखिन्छ । यो रोग कडा प्रकारको भए पशुको मृत्यु समेत हुने गरेको छ ।

यो रोग नभई भाइरसको संक्रमण भएकाले यसको खासै उपचार नभएपनि लक्षण अनुसार समयमा उपचार गरेका पशुलाई बचाउन सकिने पशुचिकित्सक डा. मुरलिधर पाण्डेले जानकारी दिनुभयो ।

गाँउका पशुको शरिरमा अहिले छ्याप् छ्याप्ती डाम जस्तो देखिएको छ । यस रोग बारेमा जिल्ला पशु कार्यालय पर्सा भने बेखवर रहेको देखिएको छ । उक्त रोगको उपचार नभएपनि रोकथामका लागि बिज्ञ सहितको टोली त्यहाँ पुग्न जरुरी रहेको पशुपालकको भनाइ छ ।

 


सम्बन्धित समाचार