Logo

५ असार,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्रीसहित ५ जना घाइते भएका छन्।

प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।

गाडीमा सवार मन्त्री सिंहलगायतका पाँच जना दुर्घटनामा परी घाइते भएका छन्। घाइतेहरुको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बागथला प्रहरी पोष्टले जनाएको छ।

घाइतेहरुमा मन्त्री सिंहसहित उनकी श्रीमतीअमृतादेवी सिंह, जानकीदेवी सिंह, दीपक भण्डारी र चालक धर्मराज जोशी छन्। घाइतेहरुमध्ये मन्त्री सिंहलाई बढी चोट लागेकाले बेहोस भएको बताइएको छ।

मन्त्री सिंह गृह जिल्ला बझाङ भ्रमणका लागि हिँडेका थिए। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी उद्धार र थप उपचारका लागि बाहिर लग्न हेलिकोप्टरको तयारी गरिएको छ।


सम्बन्धित समाचार