Logo

वीरगञ्ज, ५ असार । मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी पटेलले मधेश प्रदेशमा बोलिने भाषाको भाषिक बुलेटिन प्रकाशन गर्न राससलाई प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
राससको सहकार्यमा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा आजदेखि पर्साको वीरगञ्जमा सुरु भएको राससका सञ्चारकर्मीहरुको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पटेलले मधेस प्रदेशमा बोलिने मैथिली, भोजपुरी लगायतको भाषामा बुलेटिन प्रकाशन गर्न प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।
भाषा र संस्कृतिको संरक्षण र सम्र्बद्धका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री पटेलले राज्य र जनतालाई जोड्न राससले पुलको भुमिका र्विाह गर्नु आवश्यक रहेको औल्याउनुभयो ।
जनताको सबाल र समस्यालाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दिनुहुँदै उहाँले राससलाई सरकारी सञ्चारमाध्यमको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा राससका  कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई अन्तराष्ट्रिय स्तरको समाचार एजेन्सी बनाउने र डिजिटल प्रविधिमा लैजान लागेको बताउनुभयो ।
रासस देशको जिम्मेवार संस्था रुपमा रहेको चर्चा गर्नुहुँदैै अध्यक्ष झाले नेपालका मिडियालाई सवल बनाउने र जनहितमा काम गर्ने औजारका रुपमा प्रयोग गर्नुहुँदै उल्लेख गर्नुभयो ।
लोकतन्त्र सशक्त बनाउन मिडियालाई सवल बनाउनु पर्ने र त्यसका लागि राससका समाचारहरु जनतामा आधारित रहनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष झाले राससलाई तीनै तहको सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
निकट भबिष्यमै राससले आफ्नो सेवा २४ घन्टा प्रवाह गर्ने योजना बनाई रहेको बताउनुहुँदै देशको मुहार फेर्न सवैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले समाजमा राससको महत्व र आवश्यकता रहेको चर्चा गर्नुहुँदै राससले विविसी झैं भाषिकरुपमा धेरै भन्दा धेरै सामग्री पस्किनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेश कुमार ढकालले राससका समाचारहरु आधिकारिक रहने गरेकोे र सत्यतथ्य समाचारलाई ल्याउने माध्यम रहेको बताउनुभयो । पत्रकारिता विकासमा मधेस प्रदेश सरकार गम्भीर रहेको बताउनुहुँदै अगामी दिनपनि सरकारले रासस लगायतका सञ्चार संस्थालाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका पुर्व महासचिव गोविन्द देवकोटाले न्युज एजेन्सीको रुपमा रहेको राससले समावेशी सामग्री समाबेश गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले राससले आफ्नो शुल्क घटाउने र ग्राहक बढाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका महानगरप्रमुखका प्रेस सल्लाहकार महेश दासले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने कार्यमा लगानी गर्दै आएको बताउनुहुँदै अगामी आर्थिक बर्षमा महानगरले राससको लागि केही बजेट बिनियोजन गर्ने बताउनुभयो ।
सो अवसरमा राससमा कार्यरत समाचारदाता सत्यप्रसाद श्रेष्ठ, कार्यालय सहयोगी सुर्य प्रसाद बराल, पुर्वकर्मचारीहरु ईश्वरचन्द्र गौतम, हिमान्सु चौधरी, प्रभाषचन्द्र झा र वीरेन्द्र कर्णलाई सम्मान गरिएको छ ।
राससका सञ्चारकर्मीहरुको अभिमुखीकरण सुरु
राससका सञ्चारकर्मीहरुको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि पर्साको वीरगञ्जमा सुरु भएको छ । राससको सहकार्यमा आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका ३० समाचारदाता तथा कर्मचारीहरुको सहभागिता छ ।
कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरी, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव लगायतले सहजीकरण गर्नुहुने कार्यक्रम छ ।


सम्बन्धित समाचार