Logo

५ असार,पचगावाँ,पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका १ मलोलीटाडीमा पर्सा राष्ट्रिय निकुञ्ज हुदै राष्ट्रिय जंगलबाट आएको एक पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

हिजो दिउँसो जँगलबाट आएको उक्त बाघलाई स्थानीयले घेरा हालेर राखेका थिए ।
बाघलाई बेलुकाको समयमा स्थानीय व्यक्तिहरुले बासको लठीले प्रहार गरि मारेको बताइएको छ ।

बाघ भएको स्थान अँध्यारो भएको र सुरक्षाकर्मीहरु दुरीमा रहेकोले बाघलाई लठी प्रहार गर्ने कसैलाई पनि सुरक्षाकर्मीले पक्राउ गर्न सकेका छैनन ।

बाघ कसरी म¥यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको रंगपुर सब डिभिजन वन कार्यालय रंगपुरमा गाडीएको रेन्जर कपिलदेव यादवले बताउनुभयो ।


सम्बन्धित समाचार