Logo

६ असार, वीरगञ्ज । पर्साको विन्दवासिनीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ३ बस्ने करिमन दास तत्वाका ११ बर्षिया छोरा रामसुरत दास तत्वाको ट्याक्टरबाट खसेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

बुधवार दिउँसो ४ बजे बालक रामसुरत ट्याक्टरमा चढेर बस्न लाग्दा गुडिरहेको ट्याक्टरबाट खसेका थिए । उनका शरिर माथि चक्का परेकोले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं.३ का सुनिल चौरसीयाकोको ना ५ त ४३२५ नम्वरको ट्याक्टरबाट खसेर उनको मृत्यु भएको हो । ट्याक्टर चालक भने फरार रहेका छन् ।

उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर सिमाप्रहरी चौकी अमरपट्टीमा राखिएको छ । मृतक रामुरत दास तत्वाको पोष्टमाटमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ ।

ट्याक्टर धनी सुनिल चौरसीया समेत फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बालक जर्वजस्ती ट्याक्टरको क्याविनमा बस्न खोजेको र चालकले उनलाई ट्याक्टरमा राखेर लैजाने क्रममा खरेर मृत्यु भएको बताइएको छ ।


सम्बन्धित समाचार