Logo

७ असार, वीरगञ्ज । वेष्ट इन्डिजका कप्तान साइ होप र निकोलस पुरनको सतकीय साझेदारीमा आईसीसी विश्वकप छनोटमा नेपालले ३ सय ४० रनको विशाल लक्ष्य पाएको छ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि कप्तान होप र पुरनले २ सय १६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजले नेपालविरुद्ध विशाल योगफल तयार पारेको हो।

पुरनले १ सय १५ बलमा १० चौका र ४ छक्का मद्दतमा १ सय १५ रन बनाएका थिए। पुरनलाई दिपेन्द्र सिंह ऐरिले ४४ औँ ओभरको अन्तिम बलमा क्लिन एण्ड बोल्ड गरे।

कप्तान होप १२९ बलमा १० चौका र ३ छक्का हान्दै १ सय ३२ रनमा भिम सार्कीको हातबाट क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका होप ४९।२ ओभरमा आउट भए।

जेसन होल्डर १६ रनमा नटआउट रहे।

खेलमा राम्रो सुरुवात गरेको नेपालले होप र पुरनको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो। ओडिआइ क्रिकेटमा नेपालले पाएको यो अहिलेसम्म कै विशाल योगफल हो।

दोस्रो ओभरको तेस्रो बलमा करण केसीले काइल मेयर्सलाई क्याच आउट गराएका थिए। चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्सलाई १ रनमा आउट भए।

सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ४२ बलमा २ चौका र २ छक्का हान्दै ३२ रन बनाएका ब्रान्डोन किङलाई बोल्ड आउट गरे।

रोभम्यान पावेल २९ रनमा ललित राजवंशीको बलमा गुलसन झाको हातबाट क्याच आउट भए। किमो पल १ ललित राजवंशीको बलमा बोल्ड आउट भए।

गुलसन झाले ८ ओभरमा ६४ रन दिएर १ विकेट लिए। नेपालका सन्दीप लामिछानेले आफ्नो स्पेलमा १ मेडन राख्दै ५० रन दिएर १ विकेट लिए।

नेपालका लागि महंगा सावित भएका करण केसीले १० ओभरमा १ मेडन राख्दै ८१ रन दिएर १ विकेट लिए। आरिफ शेखले ४ ओभरमा ३३ र कुशल मल्लले १ ओभरमा ८ रन दिए। दिपेन्द्र सिंह ऐरिले ७ ओभरमा ४५ रन दिएर १ विकेट लिए।

 


सम्बन्धित समाचार