Logo

७ असार, वीरगञ्ज । बीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरुले उठाउदै आएको मागका सम्बन्धमा स्थानिय प्रहरी प्रशासन र राजस्व अनुसन्धान विच ४ बुंदे सहमति भएपछि अनिश्चितकालका लागि बन्द भएको बीरगंजका ट्रान्सपोर्टहरु भोलीबाट सुचारु हुने भएका छन ।

जिल्ला प्रशासन कार्यालयमा आज साँझ भएको वार्तामा राजस्व अनुसन्धान कार्यालय पर्सा प्रहरी, ढुवानी व्यवसायी विच समग्र रुपमा ढुवानी व्यवसायलाई गलत नियतले हेर्न नहुने र गलत गर्नेलाई निगरानीमा राखि कारवाही गर्ने विषयमा त्रिपक्षिय सहमति भएपछि बीरगंजमा ४ दिन देखि अनिश्चितकालका लागि बन्द भएको ढुवानी सेवा भोली शुक्रवार बाट सुचारु हुने सहमति भएको ट्रान्सपोर्ट एशोसिएसन पर्साका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समय ढुवानी सेवामा प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले राजस्व छलिको अभियोगमा अनाहकमा दुःख दिन थालेको भन्दै सोको विरोधमा वीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरुले आफ्नो कारोबार अनिश्चितकालको लागि बन्द गरी धर्नामा उत्रिएका हुन ।

व्यवसायीहरुले मंगलबार आफ्नो कार्यालयको ताला चाबी समेत जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बझाइएका थिए । वीरगञ्जका ७० जना ट्रान्सपोर्ट व्यवसायीहरुको तालाचाबी प्रमुख जिल्ला अधिकारलिाई बुझाईएको ट्रान्सर्पोटको ताला चाबी आज सहमति भएसँगै प्रमुख जिल्ला अधिकारीसँग फिर्ता लिएका छन।

वार्ता सौहार्द पूर्ण रुपमा सम्पन्न भएको र ढुवानी सेवा भोलीबाट सुचारु हुने पर्सा प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।

मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगन्जमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आवद्ध रहेका छन् । वीरगन्जका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएशनमा आवद्ध व्यवसायीहरुले दैनिक सयौँ ट्रक सामान मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।


सम्बन्धित समाचार