Logo

७ असार, पचगावाँ पर्सा । पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर ५ देवरियाबाट सशस्त्र प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साकै छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले देउरियाबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा मोटरसाइकलको ट्याङकी भित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।

चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए ।


सम्बन्धित समाचार