Logo

८असार,वीरगञ्ज । नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी (दाजुभाई)ले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् । बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए । रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् । च्यापम्यान बेलायती नागरिक हुन् । उनी लामो समयदेखि विश्व वन्यजन्तु कोषमा आबद्ध छन् ।

रविनाको विवाह समारोहमा जोशी परिवारकी बुहारी तथा अभिनेत्री प्रियंका कार्की, अभिनेत्रीद्वय परमिता आरएल राणा र निरिशा बस्नेतको पनि उपस्थिति रहेको थियो ।

बैंकको कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् । हजुरआमा भैसकेकी रविनाले जीवनको यो विन्दूमा लिएको बिहेको निर्णयलाई लिएर सकारात्मक र नकारात्मक दुवैखाले टिका-टिप्पणी भैरहेका छन् ।

रेविना नेपाली फिल्मकी कलाकार पनि हुन् । प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म ‘सोल सिस्टर’मा उनले विशेष भूमिकामा अभिनय गरेकी थिइन् । त्यसपछि भने उनले फिल्ममा अभिनय गरेकी छैनन् ।
स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान आफ्नो छोरीसहित विवाहका लागि गत हप्ता नेपाल आएका थिए ।


सम्बन्धित समाचार