Logo

८ असार, वीरगञ्ज । अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि चलचित्र संघले विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने निर्णय गरेको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ ।

नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।


सम्बन्धित समाचार