Logo

९ असार,बारा । परवानीपुर गाउँपालिकाको १२ औँ गाउँ सभा तथा निती तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण परवानीपुरमा सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्दशनालय बाराको सभाहलमा भएको कार्यक्रमको उद्घाटन पुर्ब संघिय सरकारका कृषि पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले गर्नुभएको थियो ।

उहाँले गाउँपालिकालाई उत्पादकत्व बृद्धि हुने क्षेत्रमा लगानी गर्न गाउँपालिकालाई अनुरोध गर्नुभयो । तराईका यी भुमिहरु अन्नका भण्डार उब्जाउँने भुमि भएका कारण कृषकलाई लाभ हुने किसिमको योजनालाई प्राथमिकतामा राखेर अघि बट्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । जग्गा खाली राख्ने वा बाँझो राख्ने मानिसलाई दण्डित गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

त्यस्तै बारा क्षेत्र नं.४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवानारायण चौधरीले बिकासको मामलामा सबै एकजुट भएर लाग्नुपर्ने सल्लाह दिनुभयो । अनुशासनको पालना गरी मर्यादित भई आफनो कुरा राख्न सल्लाह दिनुभयो ।

परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार साह रौनियारले गाउँपालिका उप प्रमुख सुगन्धी देबीको आज्ञाले ३५ करोड ७७ लाख ४४ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

गापा उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् ।

आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ६३ लाख, सशर्त अनुदान चालूतर्फ ९ करोड ४५ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान १ करोड प्राप्त भएको छ भने प्रदेश

सरकारबाट वित्तीय समानीकरणमा ६७ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, सङ्घीय राजस्व बाँडफाँड ६ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित ५ करोड, २०७९/८० को नगद मौज्दात २ करोडलगायत गरी ३५ करोड ७७ लाख ४४ हजारको अनुमानित बजेट पारित भएको छ ।

कार्यक्रममा निती तथा कार्यक्रम गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीले बाचन गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार