Logo

९असार,ठोरी ।मधेश प्रदेशको एक मात्र पर्यटकीय स्थलको रुपमा चिनिएका ठोरीको बिकास तथा स्तर उन्नतिका लागि मधेश सरकार अग्रसर रहेको जलस्रोत, सिचाई, उर्जा तथा खानेपानीमन्त्री सिंहाशन साह कलवारले बताए।

ठोरी गाँउपालिकाको नवौ गाँउ सभाको निति तथा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कलवारले यस्तो बताएका छन। यसभन्दा अगाडीको सरकारमा आफू नभएको बेला र ठोरी गाउपालिका मेरो कार्य क्षेत्रभन्दा बाहिर रहेपनि ठोरीको बिकासका लागि योगदान पुर्याएका मन्त्री कलवारले बताए। ठोरीलाई नेपालको अर्को सौराहा बनाउन मदेश सरकार लागेको मन्त्री कलवारले बताए।

मन्त्री कलवारले ठोरीका किसानहरुले दिन्हु जंगली जनावरहरु दुःख भोग्दै आएकाले जंगल र मान्वबस्तीका बीचमा टावरलाईट जडान गर्ने प्रतिबध्ता जाहेर गरेका छन। यसका आलावा ठोरीबासीका लागि खानेपानी व्यवस्थापन तथा अन्य क्षेत्रको बिकासका लागि आफू सक्दो प्रयास गर्ने मन्त्री कलवारले बताए।

मधेश प्रदेशको लागी ठोरी गहना सरह रहेको जनता समाज पाटी पर्साका अध्यक्ष रामनरेश यादवले बताए। यसको बिकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्रियाउन जसपा सधै लागि रहेकोअध्यक्ष यादवले बताए ।

कार्यक्रममा अगामी आर्थिक बर्षका लागि ठोरी गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिलाई प्रमुख प्राथमिकतामा राखिएका छन।

ठोरीका शिक्षाका लागि प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म पूर्ण रुपमा निःशुल्क तथा दलित, जनजाति , अति बिपन्न परिवारका उत्कृष्ट बालबालिकालाई छात्रबृति बितरण र छात्रावासको व्यवस्था गरिने निति रहेका छन।साथै जनप्रतिनिधि र नेपाल सरकारका राष्ट सेवक कर्मचारीका बालबाच्चाहरुलाई सामूदायिक बिद्यालयमा अनिवार्य अध्यापन गराउने नितिलाई निरन्तरता दिने आध्यक्ष श्रेष्ठले बताए।

कृषकका जीवनस्तर उकास्न मौषमी तथा बेमौषमी तरकारी र फलफूल उत्पादन गर्ने निति रहेका छन। यसका साबै ताजा तरकारी उपभोग गराउने उदेश्यले एक परिवार एक करेसाबारीको अवधारणा ल्याउने र एक परिवार दुई बिरुवा रोप्ने अभियान संचालन गर्ने निति रहेका छन। बढी बृक्षारोपण गर्ने नागरिकहरुलाई सम्मानित समेत गरिने निति अध्यक्ष श्रेष्ठले प्रस्तुत गरे।

स्वास्थ्य सेवा प्रवाहलाई सुधार गर्दै प्रत्येक वडामा निःशुल्क प्रयोगशाला स्थापना गर्ने निति रहेका छन। यसका अलावा अतिक्रमित सार्वजनिक जग्गामा बृक्षारोपण, फ्रि वाईफाई जोन, तथबन्ध, खानेपानी व्यवस्थापन लगायतका निति लिईएका छन। कार्यक्रममा जिल्ला सम्वन्य समिति पर्साको पूर्व उप सभापति ठाकुर प्रसाद न्यूपाने,नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली काग्रेश ठोरीका प्रतिनिधि शम्भूराम पौडेल, नेता लेखमान थापा, शिक्षा संयोजक भोपाल जोशी लगायतले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए।

 


सम्बन्धित समाचार