Logo

१०असार,बारा ।स्वास्थ्यको लागि साइकल, बाताबरणको लागि साइकल भन्ने मुल नाराको साथ जीतपुरसिमरा उपमहानगरपालिकामा साईकल रयाली निकालिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज -चारकोसे झाडी)पर्यापर्यटन प्रबद्र्धन गर्ने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले साईकल रयालीको आयोजना गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित रामबन कुनाटोल जनजागरण ,जनकल्याण भिमेश्वर सामुदायिक बन ,पर्सा राष्ट्रिय निकुञ्ज हुँदै अम्लेखगंजसम्मको १७ कि.मि. दुरीको जङ्गल सफारी साईकल यात्रीहरुले साईकल चलाई गरेका थिए ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले कैँचीले रिबन काँटी साईकल चलाएर गरेका थिए । जङ्गलभित्र साईकल यात्रीहरुकोलागि बिश्राम स्थल , दुरी ईङ्कित होडिङ्ग बोर्ड , स्वागतद्धार , साईकल लेन लगायतका चिन्हहरु राखिएको उपमहानगरपालिकाको ईन्जिनीयर संजिब रुपाखेतीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार