Logo

१० असार, काठमाडौँ । मर्जरपछि प्रभु लाइफ र महालक्ष्मी लाइफले बजारमा ल्याइने बीमा लेखको छनौट गरेका छन्। दुबै संस्था चालु आर्थिक बर्षभित्र मर्जरमा जाँदैछन्।

मर्जरपछि नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुने छ। दुबै कम्पनीका कर्मचारीको अध्यन विश्लेषणपछि साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरिएको हो।

नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबारपछि प्रचलनमा ल्याउन ती योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याइने कम्पनीले जनाएको छ।

सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु प्रचलनमा रहेन दुबै संस्थाका प्रमुख कार्यकारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित समाचार