Logo

१४ असार, वीरगञ्ज । ‘आदिपुरुष’ विवादपछि निर्माताले ‘रामायण’ पुनः प्रसारण गर्ने घोषणा गरेका छन्।

भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ फिल्म प्रदर्शन भएसँगै निर्मातामाथि धार्मिक भावना चोट पुर्‍याएको आरोप लागेको छ। यसैबीच रामानन्द सागरको टेलिशृंखला ‘रामायण’ पुनः प्रसारण हुने भएको छ।

सन् १९८७-८८ मा सरकारी टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित धारावाहिक ‘रामायण’ दर्शकको माग अनुसार कोरोना महामारीमा सन् २०२० मा पनि प्रसारण गरिएको थियो।

निर्माताले ‘रामायण’ पुनः प्रसारण गर्ने घोषणा गरेका छन्। अब यो टेलिशृंखला दूरदर्शनमा नभई शेमारू टिभीमा प्रसारण हुनेछ।

टिभी कार्यक्रमको छोटो क्लिप सेयर गर्दै च्यानलले लेखेको छ, ‘विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण सबै प्रशंसक र हाम्रा दर्शकका लागि फर्किएको छ। ३ जुलाई साँझ ७:३० देखि च्यानल शेमारु टिभीमा हेर्नुहोला।’

कार्यक्रममा अरुण गोविल र दीपिका चिखलियाले राम-सीताको भूमिका निर्वाह गरेका छन् भने अरविन्द त्रिवेदीले रावण, सुनील लहरीले लक्ष्मण र दारा सिंहले हनुमानको भूमिका निर्वाह गरेका छन्।


सम्बन्धित समाचार