१७ असार,वीरगञ्ज। विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।
केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खान (शून्य रन)को विकेट लिएका हुन् । उनले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए ।
आजको खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ ।