Logo

१७ असार,काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

उनी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२४ देखि २०२६ सम्मको हुनेछ । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।


सम्बन्धित समाचार