Logo

१७ असार,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका दलित बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ । दलित प्राथमिक विद्यालय कौवाबन कटैया गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय र बिन्दबासनी नेपाल आधारभूत विद्यालय केहुनियाका अति विपन्न गरिब तथा जेहेन्दार ४ सय जना दलित बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको हो ।

अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले उनीहरुलाई विद्यालय पोसाक वितरण गरेका पिसफोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज रामले जानकारी दिनुभयो । सेजल एन्ड सिस्टर एलएलसी नामक संस्थाका संस्थापक मोनु खड्का र मेग सुवेदीले पठाइदिएको ३ लाख ७६ हजार आर्थिक सहयोगमा ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक वितरण गरिएको उहाँको भनाइ छ ।

दलित बालबालिकाको आर्थिक अवस्थाका कमजोर हुने गर्दछ । जस कारण उनीहरु विद्यालय छोड्न बाध्य हुने भएका हुन्छन् । उनीहरुलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले उक्त पोसाक वितरण गरिएको सहयोगी संस्थाका एक प्रतिनिधिले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार