Logo

१९ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।

घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ। यसअघि काठमाडौं–धनगढीको फ्यूल–चार्ज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ।

यस्तै सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडौं–सिमराको फ्यूल–चार्ज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ। योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ।

सोमबार आयल निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो। योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो।


सम्बन्धित समाचार