Logo

१९ असार,काठमाण्डौ । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो । नेपालका गुलसन झाले नटआउट ५७ रन बनाए ।

यस्तै अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका मार्क एडर, बेरी म्याककार्थी र क्रेग योङले २÷२ विकेट लिए ।

नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेको यो तेस्रो खेल पनि हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ ।


सम्बन्धित समाचार