Logo

२० असार, वीरगञ्ज । एकिकृत कारोवारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमती अनुसार नै संचालक समिति गठन गरेको छ ।

७ सदस्यीय संचालक समितिमा प्रभु लाइफ इन्स्योरेन्सको संस्थापकको तर्फबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित हुनु भएको छ । त्यसैगरी सर्वसाधारणको तर्फबाट दीपक पाण्डे र शंकर गौतम मनोनित हुनुभएको छ ।

२०७९ असार ३० गते भएको मर्जर सम्वन्धि प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो ।

स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोवार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिको अध्यक्षमा मनोनित गर्ने यस अघि भएको लिखित सहमति भएकोले सोही अनुसार अध्यक्ष मनोनयन गरिने संयुक्त मर्जर समितिका सचिव कमल पन्थीले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार