Logo

२३ असार, जनकपुरधाम। सप्तरीमा चट्याङ लागेर खेतमा काम गरिरहेका एक वृद्धको मृत्यु भएको छ।

बिहीबार साँझ जिल्लाको विष्णुपुर गाउँपालिका ७ विष्णुपुर टोल बस्ने ७० वर्षीय राम‍प्रसाद रामको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आफ्नो खेतमा काम गरिरहेको अवस्थामा परेको वर्षाको पानीसँगै चटयाङ परी घाइते भएका रामलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।


सम्बन्धित समाचार