२२ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा रहेको सामुदायिक बिधालयमा निर्माण हुन लागेको दुई कोठे भवनको उदघाटन गरिएको छ ।शुक्रबार मधेस प्रदेशका वन तथा वाताबरण राज्य मन्त्री रहबर अन्सारीले भवनको उदघाटन गरेका हुन ।

शिक्षामा पहुँच नभएका विपन्न, दलित तथा अन्य सिमान्कृत वर्गका बालबालिकाहरूका लागि स्थापना गरिएको महानगरको वडा नम्बर १ स्थित बजार छपकैयाको श्री बबिता पराजुली आधारभूत विद्यालयमा निर्माण हुन लागेको भवनको उदघाटन गरेका हुन ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिधालयमा दुई कोठे भवन निर्माण हुन लागेको हो ।साथै अन्सारीले विद्यालय वरिपरीका अव्यवस्थित तथा अतिक्रमित सार्वजनिक जग्गामा ६ सय वटा ट्री गार्ड सहित आँपको विरुवा लगाएर वृक्षारोपण समेत गरेका थिए । बृक्षारोपणमा स्थानीयबासीहरुले पनि सहयोग गरेका थिए ।


















