Logo

२३ असार,वीरगञ्ज ।पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरका मस्तिष्क रक्तश्रावबाट ग्रसित सत्यप्रकाश चौहानलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । जनसेवा नामक सामाजिक सस्ंथाले आर्थिक रुपले विपन्न रहेका उनीहरुलाई राहत स्वरुप ४ हजार नगद प्रदान गरेको हो ।

सस्ंथाका संयोजक बृजेश्वर प्रसाद चौधरीले न्युय आयव्यय भएका घर परिवारलाई पालन पोषण गर्न केही सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जानकारी दिनुभयो । आगामी दिनमा उनीहरुलाई एक थान सिलाइ मेशिन उपलब्घ गराउने वाचा समेत चौधरीले गर्नुभएको छ ।

सो अवसरमा सस्ंथाकी सदस्य शुभावती देवी, नागेन्द्र चौहान, उमेश गिरी लगायतको उपस्थिती थियो ।


सम्बन्धित समाचार