Logo

२४ असार,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाले एउटै प्रकृतीको घट्नामा दोहरो चरित्र देखाएको पाईएको छ ।

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को साधारण सदस्यता लिईने श्री ने.रा.मा.बि. औराहाका राहत शिक्षिका मिना कुमारी ढकालाई स्पष्टीकरण सोधेको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जनता मा.बि. रजघट्टाका शिक्षक बरुण गौतम नेकपा एमाले बारा जिल्लाको जिल्ला सदस्य भएको प्रमाणित हुँदा पनि मौन बसेको छ ।

जनता मा.बिको राहत शिक्षक बरुण गौतम नेकपा एमालेको बारा जिल्ला सदस्य भएको प्रमाणित उपमहानगरपािलकाको नगर उप प्रमुख तथा पाटीको जीतपुरसिमरा नगर कमिटी अध्यक्ष समेत रहेको स्वयम भोला प्रसाद अधिकारीले गरेका छन् ।

सामाजिक सञ्जालमा उप प्रमुख भोला प्रसाद अधिकारीले हस्ताक्षर गरेको पत्र भाईरहल हुँदा पनि जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षक गौतमलाई स्पष्टीकरण सोध्ने हिम्मत गरेको छैन् ।

नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटी बैठकमा राहत शिक्षक बरुण गौतम जिल्ला कमिटी सदस्यको हैसियतले बैठकमा उपस्थित भएको कुरा नगर अध्यक्ष अधिकारीले जारी गर्नुभएको सर्कुलरमा उल्लेख छ ।

एउटै प्रकृतिको घट्नामा उपमहानगरपालिकाले फरक फरक चरित्र देखाएर कसैलाई काँखा त कसैलाई पाँखा गर्नु कानुनी राज्यको खिल्ली उडाएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था छ ।


सम्बन्धित समाचार