Logo

असार २६, हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा अविरल वर्षासँगैको विपद्मा परी १६ दिनमा ७२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विपद्का घटना देशैभर भइरहेका छन् तर हिमाञ्चल अग्रस्थानमा छ ।

विपद्मा परेर ७२ जनाको मृत्यु हुँदा ८ जना बेपत्ता छन् भने ९४ जना घाइते भएका छन् । यसबीच भूक्षयका ३९ घटना भएका छन् ।

वर्षा विपद्मा परेर पछिल्लो २ दिनमा पञ्जाब र हरियाणामा ९ जना, राजस्थानमा ७ जना, दिल्लीमा ५ जना, उत्तराखण्डमा ५ जना र हिमाञ्चलमा १७ जनाको मृत्यु भएको जनाइएको छ ।


सम्बन्धित समाचार