Logo

असार २६, वीरगञ्ज । नेपाली महिला राष्ट्रिय फुटबल टिमले गत वर्ष दशरथ रंगशालामा भएको साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ३–१ को हार बेहोरेको थियो । यी दुई टिम फेरि यही साता भिड्दै छन् । दुवै खेल बंगलादेशमा हुने छ र यसमा सहभागी हुने नेपाली टिम मंगलबार ढाका जाँदै छ ।

नेपाल र बंगलादेशले १९ औं एसियाली खेलकुदको तयारीमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । पहिलो खेल असार २८ गते हुनेछ भने त्यसपछि असार ३१ गते खेलेर नेपाली टिम स्वदेश फर्किने छ । दुवै खेल ढाकामा हुनेछ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिदाइ गरेपछि टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले भने, ‘बंगलादेश राम्रो टिम हो । हामीले पनि राम्रो तयारी गरेका छौं । खेलाडीहरू प्रतिभावान र उत्कृष्ट छन् । त्यसैले ढाकामा राम्रो गरेर फर्किने छौं ।’

गत वर्ष घरेलु भूमिमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टिमले कुमार थापाले सम्हालेका थिए । त्यसबेला टेक्निकल स्टडी ग्रुपमा रहेका अनन्तराज थापाले साफपछि नेपाली टिमको जिम्मेवारी लिएका हुन् । भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल र भियतनामविरुद्ध ओलीम्पक छनोट ९प्रारम्भिक चरण० खेलाएका प्रशिक्षक थापाले भने, ‘भारतलाई तीन गोल ९३–०० हानेको बंगलादेशी टिमले साफको फाइनलमा हामीलाई पनि ३–१ ले हराएर उपाधि जितेको थियो । त्यसैले बंगलादेश राम्रो टिम हो । हाम्रो टिम पनि राम्रो छ । प्रीति ९राई० र गीता ९राना० टिममा फर्किएका छन् । प्रशिक्षणमा प्रीतिले निकै राम्रो गरिरहेकी छन् । गीता नेपाली फुटबलकै ठूलो सम्पत्ति हो । उनीहरूको पुनरागमनले नेपाली राष्ट्रिय टिमलाई थप बलियो बनाएको छ ।’

प्रीति र गीता खुट्टाको शल्यक्रियापछि ठीक हुँदै टिममा फर्किएका हुन् । गत वर्ष स्ट्राइकर सावित्रा भण्डारीले पनि शल्यक्रियापछि साफ च्याम्पियनसिपमा पुनरागमन गरेकी थिइन् । तत्काल लय समात्न उनलाई गाह्रो भएको थियो । त्यसपछि भने उत्कृष्ट लयमा रहेकी उनी हालै इजरायलको शीर्ष लिगमा बढुवा भएको क्लबमा अनुबन्धित भएकी छन् । यसबारे प्रशिक्षक थापाले भने, ‘उनी चाँडै युरोपको लिग खेल्न जाँदै छिन् । लयमा रहेकी उनको आगमनले हाम्रो टिम मेसी ९लियोनल० भएको अर्जेन्टिनी टिमजस्तै भएको छ ।’ सावित्रा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने नेपालका कीर्तिमानी फुटबलर पनि हुन् । समभार कान्तिपुर


सम्बन्धित समाचार