Logo

२६ असार, वीरगञ्ज । लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको थियाे ।

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।


सम्बन्धित समाचार