Logo

२६ असार, वीरगञ्ज । संघीय सरकारले पर्साका १४ वटा पालिकामा उपलब्ध गराएको वार्षिक बजेट मध्ये २५ करोड ९३ लाख ५७ हजार रकम फ्रिज भएको छ ।

संघीय सरकारले चालु आर्थिक बर्षका लागि पर्साका १४ वटा पालिकामा ५ अर्व ४४ करोड ५४ लाख ७९ हजार कुल बजेट पठाएको थियो । त्यस मध्ये असार २५ गते भित्र निकासा गर्नुपर्ने वाध्यात्मक व्यवस्था अनुसार ५ अर्व १८ करोड ६१ लख २२ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीका अनुसार वीरगञ्ज महानगरपालिकालाई चालु आर्थिक बर्षको लागि १ अर्व ५२ करोड १ लाख ५८ हजार रकम छुट्टाइएकोमा असार २५ गते सम्म १ अर्व ४७ करोड ६ लाख ९० हजार निकासा भएको छ । वीरगञ्ज महानगरको ४ करोड ९४ लाख ६८ हजार रुपियाँ फ्रिज भएको छ ।

संघीय सरकारले वित्तिय समानिकरण, संघीय सरकारबाट हस्तान्त्रण भएका कार्यक्रम, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा राखिएको मध्ये वीरगञ्ज महानगरको झण्डै ५ करोड रुपियाँ फ्रिज भएको हो । तोकिए समयअवधि भित्र कार्यक्रम हुन नसक्दा संघीय सरकारले पठाएको रकम फ्रिज हुने कोष तथा लेखा नियन्त्रक उप्रेतीले बताए ।

पर्साको पोखरीया नगरपालिकालाई उपलब्ध गराइएको ३६ करोड २२ लाख २९ हजार मध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले ३४ करोड ३६ लाख १० हजार रकम निकासा गरेको छ । पोखरीया नगरपालिकाको यस आर्थिक बर्षमा १ करोड ८६ लाख १९ हजार रुपियाँ फ्रिज भएको छ ।

त्यसैगरी पर्सागढी नगरपालिकामा संघीय सरकारले उपलब्ध गराएको ३२ करोड ९४ लाख ९६ हजार बार्षिक बजेटमा ३१ करोड ३४ लाख ७१ हजार निकासा भएको छ । पर्सागढीको यस बर्ष १ करोड ६० लाख २५ हजार रुपियाँ फ्रिज भएको छ ।

पर्साको बहुदरमाई नगरपालिकालाई संघीय सरकारले बार्षिक बजेटको रुपमा उपलब्ध गराएको रकम मध्ये १ करोड ९२ लाख २५ हजार रुपियाँ फ्रिज भएको छ । बहुदरमाई नगरपालिकामा यस बर्ष संघीय सरकारबाट ३९ करोड ६१ लख ६ हजार रकम विनियोजन गरेको थियो । त्यस मध्ये ३७ करोड ६८ लाख ८१ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण उप्रेतीले जानकारी दिए ।

त्यसैगरी पर्साको छिपरमाई गाउँपालिकामा संघीय सरकारले उपलब्ध गराएको २९ करोड १९ लाख ३२ हजार मध्ये २७ करोड ५२ लाख २ हजार रुपियाँ मात्र निकासा भएको छ । यस बर्ष संघीय सरकारले पठाएको बार्षिक बजेट मध्ये १ करोड ६७ लाख ३० हजार फ्रिज भएको छ ।

संघीय सरकारले जगरनाथपुर गाउँपालिकाको लागि यस आर्थिक बर्षमा पठाएको ३१ करोड ६६ लाख ९८ हजार रुपियाँ मध्ये चालु आर्थिक बर्षको असार २५ गते सम्म २९ करोड ८१ लाख ८० हजार रुपियाँ कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साबाट निकासा भएको कोषका प्रमुख उप्रेतीले बताए ।

धोविनी गाउँपालिकाको लागि चालु आर्थिक बर्षमा संघीय सरकारले उपलब्ध गराएको २३ करोड ९७ लाख ४३ हजार मध्ये २२ करोड ८९ लाख ५ हजार निकासा भएको छ । यस बर्ष धोविनी गाउँपालिकाले तोकिएको शिर्षकमा रकम खर्च गर्न नसक्दा १ करोड ८ लाख ३८ हजार रुपियाँ फ्रिज भएको छ ।

यसैगरी पकाहामैनपुर गाउँपालिकामा संघीय सरकारले पठाएको बार्षिक बजेट २२ करोड ३४ लाख २५ हजार मध्ये २१ करोड १६ लाख ६२ हजार मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ । यस बर्ष पकाहामैनपुर गाउँपालिकाको १ करोड १७ लाख ६३ हजार रुपियाँ फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीका अनुसार पटेर्वासुगौली गाउँपालिकामा संघीय सरकारले दिएको २९ करोड ३ लाख ६५ हजार रकम मध्ये २८ करोड ६२ लाख ९० हजार रुपियाँ खर्च भएको छ । यस बर्ष पटेर्वासुगौलीको १ करोड २० लाख ७५ हजार रुपियाँ फ्रिज भएको छ ।

पर्साको विन्दवासिनी गाउँपालिकामा संघीय सरकारले पठाएको २५ करोड ३९ लाख ७९ हजार रुपियाँ मध्ये चालु आर्थिक बर्षको असार २५ गते सम्म २४ करोड ३३ लाख ३४ हजार रुपियाँ निकासा भएको छ । विन्दवासिनी गाउँपालिकाको यस बर्ष खर्च हुन नसकेको १ करोड ६ लाख ४५ हजार रुपियाँ फ्रिज भएको छ ।

सखुवाप्रसौनी गाउँपालिकाको लागि छुट्टाइएको बार्षिक बजेट ३५ करोड ३८ लाख २४ हजार मध्ये चालु आर्थिक बर्षमा ३३ करोड ४८ लाख १६ हजार रुपियाँ कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा भएको छ । सखुवाप्रसौनी गाउँपालिकामा पठाइएको बार्षिक बजेट मध्ये १ करोड ९० लाख ८ हजार रुपियाँ फ्रिज भएको छ ।

त्यसैगरी कालिकामाई गाउँपालिकामा संघीय सरकारले दिएको २४ करोड १५ लाख ३९ हजार रकम मध्ये २२ करोड ९६ लाख ५४ हजार खर्च भएको छ । यस बर्ष कालिकामाई गाउँपालिकाले तोकेको समयसिमा भित्र १ करोड १८ लाख ८५ हजार रुपियाँ खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको छ ।

पर्साको जीराभवानी गाउँपालिकालाई संघीय सरकारले उपलब्ध गराएको २७ करोड ४५ लाख २० हजार बार्षिक बजेट मध्ये चालु आर्थिक बर्षको असार २५ गते भित्र २४ करोड २५ हजार मात्र खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए । यस बर्ष जीराभवानी गाउँपालिकाको ३ करोड ४४ लाख ९५ हजार रुपियाँ फ्रिज भएको छ ।

संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बार्षिक बजेट मध्ये ठोरी गाउँपालिकालाई पठाएको ३४ करोड २५ लाख ६५ हजार रकममा चालु आर्थिक बर्षमा ३३ करोड ३३ लाख ४० हजार रुपियाँ कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा भएको छ । यस बर्ष ठोरी गाउँपालिकाको ९२ लाख २५ हजार रुपियाँ मात्र फ्रिज भएको छ ।

पर्साका १४ पालिका मध्मे ठोरी गाउँपालिकाको सवै भन्दा कम रकम फ्रिज भएको छ भने जीराभवानी गाउँपालिकाको सवै भन्दा बढी रकम फ्रिज भएको छ । ठोरीको ९० लाख २५ हजार फ्रिज हुदाँ जीराभवानीको ३ करोड ४४ लाख ९५ हजार रकम फ्रिज भएको हो ।


सम्बन्धित समाचार