![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/07/national-assembly1688887273.jpeg?fit=1200%2C800&ssl=1)
२८ असार,काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान १० बजे बस्नेछ।
आजको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहनेछ।
मन्त्रीले जवाफ दिइसकेपछि विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि प्राप्त खर्च कटौतीका प्रस्तावहरूलाई अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यसपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। प्रतिनिधि सभाले बजेट पारित गरिसकेको छ।