२८ असार, वीरगञ्ज । नेपाल उद्योग बाणिज्य महासँघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको टोलीले भंसार विभागलाई ज्ञापन पत्र बुझाएको छ ।
भारत लगायत तेश्रो मूलुकबाट आयातित माल समानमा गर्नु पर्ने लेबलिङ्गमा निम्तिएको समस्या, भंसार मूल्यांकन, आईसिपीको समस्या र पर्यटकलाई भंसार नाकामा दिने सहुलियत लगायत भंसारसँग सम्बन्धित समस्याका सम्बन्धमा टोलीले बिभागका निर्देशकलाई ज्ञापन पत्र बुझाएको हो ।
टोलीले नेपालमा आउने पर्यटक मध्ये ठूलो संख्यामा भारतबाट आउने पर्यटक देखिएकोले भंसार नाकाहरुमा पर्यटकहरुको लागि सवारी साधन प्रवेशमा सहज हुनेगरी नीति तय गर्न महानिर्देशकसँग अनुरोध गरेको जितपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताउनु भयो ।
मधेशमा पर्यटन प्रवद्र्धनका लागि भारत लगायत तेश्रो मूलुकबाट आउने पर्यटकहरुलाई गन्तव्य स्थल सम्म पुग्न सहजता हुने गरी भंसार प्रवेशमा छुट दिन संघले माग गरेको छ । भारतबाट आउने पर्यटकहरुको सवारी साधनलाई पथलैया सम्म पुग्न भंसार शुल्क नलाग्ने व्यवस्था मिलाउन भंसार विभागका महानिर्देशकसँग माग गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष सुरजकृष्ण बैध , बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, एसोसियट उपाध्यक्ष एवम् केन्द्रीय सद्स्य,जिल्ला नगर अध्यक्षहरु एवम् पलदाधिकारीहरुसहितको टोलीले विभागका महानिर्देशक श्री शोभाकान्त पौडेललाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको थियो ।
भंसार विभागका महानिर्देशकसँग भएको छलफलबाट नेपाल उद्योग वाणिज्य महासंघले राखेका केही महत्वपूर्ण मागका सन्दर्भमा साउन महिनाबाट समस्या समाधान हुने बिश्वास लिएको जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताउनु भयो ।
ज्ञापन पत्र बुझाउने टोलीमा नेउवामहासङ्घका उपाध्यक्ष सुरकृष्ण वैध, उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष ज्योत्सा श्रेष्ठ, जितपुरसिमरा उधोग बाणिज्य सङ्गका अध्यक्ष मोहन शर्मा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालज्यू, उपाध्यक्ष माधव राजपाल लगायत जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।