Logo

फाइल तस्विर

३० असार, वीरगञ्ज । हिजाे देखि लगातार पानी परेकाेले संभावित खतराका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुराेध गरेकाे छ ।

वितेकाे चौबिस घन्टामा मधे ६ जिल्लामा भारी वर्षा मापन भएको छ। मधेस र गण्डकी प्रदेशमा भारी बर्षा भइरहेको छ । बर्षातका कारण नदी, खोला र पहिलो जोखिम क्षेत्रमा नजान मौसम महाशाखाले सूचना जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशकाे पाल्पा, नवलपुर, तनहुँ, कास्की लुम्वीनी प्रदेशकाे नवलपरासी,  र मधेसकाे महोत्तरीमा भारी वर्षा मापन भएको हो।

मधेस प्रदेशकाे महोत्तरीमा पछिल्लो एक घन्टामा ६० मिलिमिटर वर्षा हुँदा तीन घन्टामा १२० मिलिमटर वर्षा मापन भएको जल तथा माैसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कास्कीमा पछिल्लो चौबिस घन्टामा १६६।२, तनहुँमा १४९ मिलिमिटर, नवलपरासीमा १४३ मिलिमिटर, नवलपुरमा १४१।४ मिलिमिटर र पाल्पामा १३६।४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

वर्षाका कारण विनयी, अरूण, गिरूवारी खोला लगायत ती जिल्ला आसपास भएर बहने खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले यात्रामा निस्कने तथा डुबान भइरहने होचो भुभाग तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


सम्बन्धित समाचार