Logo

१ साउन,वीरगञ्ज । सातवटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सोमबारबाट सञ्चालनमा आएको छ ।

सवारी नियम उल्लंघन कसुरहरूको जरिवानाबापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम सञ्चालन गरिएको हो ।

उक्त सिस्टम कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशअन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेशअन्तर्गतका कास्की,

तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशअन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लामा लागु भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

 


सम्बन्धित समाचार