Logo

२ साउन, सप्तरी । सप्तरीमा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । गत शुक्रबार राति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

बलात्कार घटनामा संलग्न आरोपमा चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार राईले जानकारी दिए। उनका अनुसार कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको छ।

शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पु¥याएर बलात्कार भएको उनीहरूले स्वीकारेको प्रहरीले जनाएको छ ।घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका थिए।

सोही आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार