Logo

२ साउन,वीरगञ्ज । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण गर्नु भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज उहाँलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गर्नुभएका अध्यक्ष भट्टचनले प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा रही अनुभव हासिल गर्नु भएको छ ।

गत असाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहनुभएको छ ।
स्वतन्त्र संचालक मनोनयन हुन भने बाँकी रहेको बताईएको छ ।


सम्बन्धित समाचार