Logo

२ साउन,बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगिया स्थित १५ किलो जङ्गलमा बाघले १० वटा बाख्रा खाएको छ ।

स्थालीय ६५ बर्षिय धन बहादुर थिङ्गले पाल्नु भएका १० वटा बाख्रा बाघले खाएको समाजसेवी रमेश साप्कोटाले जानकारी दिनुभयो ।बाख्राको मृत्युले थिङ्गलाई करिब १ लाख ५० हजारको आर्थिक क्षती भएको छ ।

दैनिकजसो जङ्गलमा बाख्रा चराउँन जाने गरेका थिङ्गले बाख्रा छोडेर साँझतिर घर फर्किने गरेका थिए ।बाख्रा आफैँ घर आउँने गरेका थिए । गएराती बाख्रा नआएपछि आज बिहान जङ्गलमा खोज्दै जाँदा बाख्राहरु बाघले मारेर खाएको अवस्थामा फेला परेको थियो ।

छोराछोरी कोही नभएको थिङ्गको बाख्रा पालेर गुजारा गर्दै आएका थिए । बाघले बाख्रा मारेको खबर बस्तीमा फैलीएपछि टाँगिया बस्तीका मानिस त्रसित भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र पथलैया देखि पुर्बि सिमाना निजगढ बकैया छेउसम्म हाईवे उत्तर जंगली जनावरलाई रोक्न सक्ने घेराबार लगाउँनकोलागि केन्द्र सरकारसँग पहल गरिदिन निबर्तमान वडा अध्यक्ष केदार बजगाँईले जीतपुरसिमरा उपमहानगरपालिकासँग माग गर्नुभयो ।जङ्गल र टाँगिया बस्तीको दुरी करिब ५ सय मिटर रहेको छ ।


सम्बन्धित समाचार