Logo

३ साउन, वीरगञ्ज । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

साउन २ गते झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, दाङ्गको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागि गराइएको थियो । चारै ठाँउमा भएको कार्यक्रममा एक सय जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मर्जर पछिको बीमा कारोबारको अवस्था प्रचलनमा ल्याउने पोलिसीहरु एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । विर्तामोडमा सोन वहादुर मगर र प्रभाकर न्यौपाने, वीरगञ्जमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक सबै जना प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरु रहनुभएको थियो ।

 

 


सम्बन्धित समाचार