Logo

३ साउन, वीरगञ्ज । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ’ए’ ले नेपाललाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।कोलम्बोमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो ।

यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए ।

यस्तै मौसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १÷१ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


सम्बन्धित समाचार