Logo

३ साउन, वीरगञ्ज । बारा प्रहरीले दुई जना नेताहरुलाई बिना कारण कुटपिट गरेको भन्दै कारवाहीको माँग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।प्रहरीले नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादव र नेकपा एकीकृत समाजबादी पार्टीका जिल्ला उपसचिव ध्रुव यादवलाई कुटपिट गरेको भन्दै दुबै पार्टीले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन पत्र बुझाइएका हुन ।

मँगलबार बसपार्क प्रहरी चौकीमा दुर्घटनाको बिषयमा छलफल गरिरहेको बेला जिल्ला प्रहरी कार्यालयका डिएस्पी पुरुषोतम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहले यादवद्वयमागि अभद्र ब्यावहार गरि कुटपिट समेत गरेकोले ज्ञापन पत्र मार्फत कारवाहीको माँग गरिएको छ ।

पार्टी को जिम्मेवार तहमा बसेका निकै शालिन ब्यक्ति लाई प्रहरी कार्यालय भित्रै नेतामाथि गाली गलोज गरि कुटपिट गर्नु निकै दुःखद कुरा भएको ज्ञापन पत्रमा भनिएको छ ।साथै डिएसपी पाण्डे र प्रहरी निरिक्षक साहलाई निलम्बन गरि कारवाही गर्नुपर्ने पनि नेपाली काँग्रेस र नेकपा एस बाराले माँग गरेको छ ।प्रहरीको कुटपिटबाट काँग्रेस बारका सचिव भैयाराम यादवको शरीरको विभिन्न भागमा चोट लागेको तथा उनीे अस्पतालमा भर्ना भएको पनि काँग्रेस बाराले जानकारी दिएको छ ।


सम्बन्धित समाचार