Logo

४ साउन,बारा । बारा जिल्लाको लोकप्रिय संस्था जनकल्यण बहुउदेश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले आफनो २२ औं स्थापन दिवश मनाएको छ ।

स्थापना दिवसको अवसरमा समाजिक उत्तरदायित्व अन्तर्गत सहकारी संस्थाले जितपुर स्वास्थ्य चौकीलाई एक थान चिसोतातो पानी आउने डिस्पेन्रसर हस्तान्तरण गरेको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिनुभयो । स्वास्थ्य चौँकीको प्राङ्गनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थाले सामग्री हस्तान्तरण गरेको हो ।

सहकारी संस्थाको तर्फबाट संस्थाका उपाध्यक्ष साहले जितपुर स्वास्थ्य चौकी ब्यवस्थापन समितीका उपाध्यक्ष सीता उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो ।

डिस्पेन्रसर हस्तान्तरण कार्यक्रममा जीतपुर स्वास्थ्य चौँकीको प्रमुख प्रबिण कुमार झा ,संस्थाका सचीव कपिलदेव प्रसाद यादव,कोषाध्यक्ष किरण प्रकाश गिरी,सदस्य बिद्या महजन ,सदस्य मुन्नी कुमारी न्यौपाने ,प्रबन्धक सन्तोष प्रसाद यादव,सह प्रबन्धक आत्माराम अधिकारी,बजार संकलक भरत प्रसाद अधिकारी,कार्यालय सहयोगी गोमा गिरी लगायतको सहभागिता रहेको थियो । जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाले हरेक बर्ष समाजिक उत्तरदायित्व अन्तर्गत समाजकोलागि केही न केही गर्दै आएको छ ।


सम्बन्धित समाचार