Logo

४ साउन, पाल्पा । पाल्पाको रैनादेवी छहरा–२ सोमादी सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिँदा १३ मजदुर घाइते भएका छन्।
घाइते हुनेमा रैनदेवी छहरा–३ का पदम सोमै, सोही ठाउँका चिन्ताबहादुर डंगोल र सुमन नेपाली, सुनवलका लीलबहादुर गुरुङ, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका

यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भूपेन्द्र थापाले बताए। चेन १३ फिट माथिबाट खसेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार