Logo

४ साउन, वीरगञ्ज । पर्सामा बितेको आर्थिक बर्ष ०७९/८० मा ३ सय ४७ वटा सवारी दुर्घटनाहरु भएका छन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको तथ्याँक अनुसार बितेको आर्थिक बर्षमा ३ सय ४७ वटा सुवारी दुर्घटना हुदा ३९ जनाले ज्यान गुमाएका छन ।

यस अवधिमा भएको सवारी दुर्घटनाम परि ९२ जना गम्भिर घाईते भएका छन भने चार सय १ जना समान्य घाईते भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।आर्थिक बर्ष ०७८/७९ मा भने २ सय ६० वटा सवारी दुर्घटना पर्सामा भएकोमा त्यसमा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना गम्भिर घाईते र ३ सय ७ जना घाईते भएका थिए । गत आर्थिक बर्षमा सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामुलक कार्यक्रमहरु गरेको छ ।

यी कार्यक्रमहरुमा ६३ हजार २३८ जनाले सहभागिता जनाएको ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको बार्षिक तथ्याँकमा उल्लेख छ ।दुर्घटना न्युनिकरणको लागि निरन्तर रुपमा जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक मणिराम थापाले जानकारी दिए ।

जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकासँगै ग्रामीण भेगका पालिका तथा बिधालयहरुमा समेत दुर्घटना न्युनिकरण र यसबाट हुने क्षतिको बारेमा जन सहभागिता गराई जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाई छ ।

गत आर्थिक बर्षमा ट्राफिक प्रहरी पर्साले भने राजश्व सँकलनमा बृद्धि गरेको छ ।कार्यालयले उपल्बध गराएको तथ्याँक अनुसार गत आर्थिक बर्षमा कार्यालयले सवारी साधनहरुको कारवाहीबाट कुल तीन करोड ४२ लाख ६५ हजार राजश्व सँकलन गर्न सफल भएको छ ।यो आर्थिक बर्ष ०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी हो ।आव ०७८/७९ मा भने ट्राफिक प्रहरी कार्यालय पर्साले भने २ करोड ८५ लाख २१ हजार ५ सय मात्रै राजश्व सँकलन गरेको थियो ।


सम्बन्धित समाचार