Logo

५ साउन, वीरगञ्ज । अषाढ २९ गते एकिकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । साउन ३ गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी, बुटबल र बाग्लुङमा कार्यक्रम संचालन भएको हो ।

मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको हो । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरियो थियो । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता रहेको थियो । कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा आज ४ गते पोखरा र इटहरीमा तथा साउन ७ गते शनिवार  काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम संचालन हुने प्रभु महालक्ष्मी लाइफ कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत संतोष प्रसाईले बताए ।


सम्बन्धित समाचार