Logo

५ साउन, वीरगञ्ज । वीरगञ्जमा मधेश प्रदेश पैदल अनुसन्धान पुस्तको दोसा्रे संस्करण बारेमा छलफल गरिएको छ । आज वीरगञ्ज कलेजको सभाहलमा आयोजना गरिएको नेपालमा संघीयता कार्यान्वयनको सात बर्ष र मधेसको दृष्टिकोण बारेमा समेत छलफल गरिएको हो । मधेसमा पैदल यात्रा नामक पुस्तकमा सोहन प्रसाद साह र देवराज हुमागाईले संघीयता पछिको मधेशमा गरिएको अनुसन्धान बारे ५ वटा खण्डमा उल्लेख गरेका छन ।

छलफल कार्याक्रममा वक्ताहरूले सामाजिक अध्ययन र अनुसन्धान बिना समाजको वास्तविक अवस्था बुझ्न नसक्ने उनीहरुको भनाई थियो । मधेसको सामाजिक अवस्थामा लेख्नेहरूलाई हौसला बढाउनु पर्नेमा पनि बक्ताहरुले जोड दिएका थिए् ।

छलफल कार्यक्रममा मधेस प्रदेशमा सदियौदेखि चल्दै आएको रिती रिवाज र भाषा सँस्कृति रहन सहनको बारेमा अध्यन गरि लेखिएकोले प्स्तकले मधेसको बास्तविक अवस्थाको बारेमा देखाइएको मधेसस मामिलका जानकार चन्द्रकिशोरले छलफलमा बताउनु भएको थियो ।

मधेस अहिले पनि पछाडि रहेको तथा पहिले पनि पछाडि नै रहेकाले बास्तवमा ठुला जातहरुको नेपालमै बर्चस्व रहेको अधिबक्ता प्रतिमा चौरसियाले बताउनु भएको थियो ।उहाँले किताबमार्फत उठाइएका बिषयहरुमाथि गहन छलफल गर्नुपर्ने आवशयकता रहेको बताउनु भएको थियो ।कायर्क्रममा मधेसका स्थानीयबासी,अधिकारकर्मी,राजनितीक दलका नेता कार्यकर्ता, सञ्चारकर्मी अधिबक्ता लगायतको सहभागिता रहको थियो ।


सम्बन्धित समाचार