Logo

२ साउन,सुनसरी । सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी एक जनाको हत्या भएको छ ।

आज शुक्रवार विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट पनि भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार चौधरीको साथमा भएको नगद रकम र मोबाइल लुटिएको छ । गोली प्रहार गरेको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार