Logo

६ साउन वीरगञ्ज । वीरगञ्जमा उत्पन्न खानेपानी समस्या समाधानका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरुले चासो देखाएका छन् । पर्सामा रहेका राजनीतिक दलहरुले खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक बसेर सम्बन्धित सरोकारवाला निकायको ध्यानकर्षण गराएका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका राजनीतिक दलहरुले आज सर्वदलीय बैठक बसेर खानेपानी समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गर्ने निर्णय गरेको जसपा नेपाल पर्साका सचिव तवरेज अहमदले जानकारी दिनुभयो ।

बैठकमा खानेपानी समस्याको विषयमा सबै तहका सरकारको ध्यानाकर्षण गराई यथाशक्य छिटो समाधान गर्न ध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, नेकपा एसका पर्सा अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका उमाशंकर गुप्ता, राप्रपाका शम्भु गिरी, नागरिक उन्मुक्तिका राजकुमार ओझैया लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार