६ साउन,बारा । एक अध्ययनले जीतपुरसिमरा उपमहानगरपालिकाले लगाएको सम्पत्ती कर आर्थिक बर्ष २०७१/०७२ पनि भन्दा करिब ३६.५ प्रतिशत कम देखिएको छ ।
एक लाख बर्गफिटमा बनाईएको भौतिक संरचनाको मुल्य १८ करोड थियो भने सम्पत्ती कर ६ लाख ८४ हजार लागिरहेको थियो । सोही प्रकृतिको संरचनालाई आर्थिक बर्ष २०८०/०८१ सम्म पुग्दा ४ लाख ३५ हजार ४ सय रुपैया मात्र तिर्नुपरेको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिनुभयो ।
बजारमा जीतपुरसिमरा उपमहानगरपालिकाले सम्पत्ती कर बढाएको हल्ला चलिरहेको समयमा यस्तो तथ्याङ्क सार्बजनिक भएको छ । साबिकको गढीमाई नगरपािलका हुँदा देखि हालको जीतपुरसिमरा उपमहानगरपालिका बन्दा सम्म १० बर्षको कार्यकालको अध्ययन गर्दा सम्पत्ती कर बढ्नुको सट्टा घटेको देखिएको ईन्जिनीयर झाले बताउँनुभयो ।
आर्थिक बर्ष २०७१/०७२ देखि २०७४/०७५ सम्म सम्पत्ती करको दर एकै नासको छ भने आर्थिक बर्षमा २०७५/०७६ मा कसैको स्वार्थपुर्ति गर्न साबिकको करको दरभन्दा करिब ९७.५ प्रतिशतले कर घटाईएको जस्तो देखिन्छ ।
त्यस्तै आर्थिक बर्ष २०७६/०७७ मा साबिक भन्दा करिब ९३.५ प्रतिशत कमि ,आर्थिक बर्ष २०७७/०७८ मा करिब ९१ प्रतिशत कमी ,आर्थिक बर्ष २०७८/०७९ मा करिब ८.५ प्रतिशत कमी , आर्थिक बर्ष २०७९/०८० र २०८०/०८१ मा करिब ३६.५ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको छ ।