Logo

७ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।

एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो ।

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा. भिष्मकुमार भुषाललाई बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । भुषाल गृह मन्त्रालयमा रहदा मिटर व्याजीलाई कार्वाही गर्न कानुन वनाउने लगायत सुशासनको पक्षमा काम गर्दै आउनु भएको थियो । आफूभन्दा कनिष्ठलाई मधेस प्रदेश सरकारको निमित्त प्रमुख सचिव वनाएर जिम्मेवारी तोकिएपछि उहाँ असन्तुष्ट देखिनु भएको थियो ।

भुषालले वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेदेखि सुशासनको पक्षमा काम गर्नु भएको थियो । उहाँलाई वीरगञ्जका जनताले अहिले पनि इमान्दार र जनता प्रति जवाफदेही भएर काम गर्ने निष्ठावान कर्मचारीको रुपमा लिने गरेको पाइन्छ ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेस प्रदेशका सचिव नुरहरि खतिवडालाई आदीवासी जनजाती आयोगमा सरुवा गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

अर्यालको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती आएका छन् । पोखरा महानगरपालिकामा कर्णाली प्रदेशको अर्थ सचिव श्याम कृष्ण थापा सरुवा भएका छन् ।

हेर्नुस सूची


सम्बन्धित समाचार